बुटवल । कोरोना संक्रमणको ग्राफले रुपन्देहीमा लगातार रेकर्ड ब्रेक गरिरहेको छ । जिल्लामा २०७८ साल लागेपछिकै सबै भन्दा बढी कोरोना संक्रमित आज थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४१९ जनामा कारोना भाइरस पुष्टि भएको हो ।
आज पनि रुपन्देहीमा सबैभन्दा बढी बुटवलमा २१३ जनामा संक्रमण पुष्टि भएको छ । आज प्राप्त रेकर्डमा तिलोत्तमामा १०८ जना, सिद्दार्थनगरमा ४३ जना, सैनामैनामा १६ जना, देवदहमा १४ जना संक्रमित थपिएका छन् । त्यसैगरि सुद्धोधनमा ७ जना, सम्मरिमाईमा ५ जना, कञ्चनमा ४ जना, ओमसतियामा २ जना र गैडहवा, मायादेबी, लुम्बिनी सांस्कृतिक र कोटहिमाईमा १/१ जना नयाँ कारोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा २ जनाको मृत्यु भएको छ भने १८८७ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया