२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

म्याग्दीको ऐतिहासिक राजकुवा संरक्षणमा चासो

बेनी । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण र मर्मतका लागि स्थानीयवासी जुटेका छन् । सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको अत्यन्त महत्वपूर्ण तर षड्यन्त्र र भाइभाइबीचको द्वन्द्वका कारण विवादास्पद मानिएको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो । स्थानीयवासीहरू…