१ श्रावण २०८२, बिहिबार | July 18, 2025

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु



अर्घाखाँची । गएराति पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अडगुरीमा गएराति पहिरोले जीवलाल सुनारको घर पुरिएको हो । घर पुरिँदा उनकी ९ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । उनीहरुका स्थानीय मेडिकलमा उपचार गरिएको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही दिनदेखि परेको वर्षाले ठाउँठाउँमा पहिरो गएको छ । केही ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ७ : ५१ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको