३० असार २०८३, मंगलबार | July 14, 2026

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु



अर्घाखाँची । गएराति पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अडगुरीमा गएराति पहिरोले जीवलाल सुनारको घर पुरिएको हो । घर पुरिँदा उनकी ९ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । उनीहरुका स्थानीय मेडिकलमा उपचार गरिएको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही दिनदेखि परेको वर्षाले ठाउँठाउँमा पहिरो गएको छ । केही ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ७ : ५१ बजे

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको