एजेन्सी (ब्रासिलिया) । ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर-बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड-१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ । कोभिड-१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो । एनभिसा नामक…