१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अपरान्हतिर मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ ।

देशका अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : ४० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान