२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुटवलमा पनि दीप प्रज्ज्वलन



बुटवल । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै बुटवलमा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रचण्ड-नेपाल पक्षले पुनर्स्थापनाको स्वागत गर्दै बुटवलको पुष्पलालपार्कमा दीप प्रज्वलन गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर जनताको पक्षमा फैसला गरेको नेकपा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताए । जनताले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको उनले बताउँदै केपि शर्मा ओलीको प्रतिगमन समाप्त भएको दाबी गरे ।

उनले अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसंगै ओली संकटकाल घोषणा गर्ने सक्ने भन्दै त्यस्तो निर्णय भएमा अझ यो भन्दा पनि ससक्त आन्दोलन चेतावनी दिए ।

नेकपा प्रचण्ड-नेपाल पक्ष रुपन्देहीका अध्यक्ष राजु गुरुङ्गले संसद पुर्नस्थापनाको खुशीयालीमा बुधबार बिहान ११ बजे बुटवलमा बिजय उत्सवको आयोजना गरिने जानकारी दिए । ओलीको तानाशाही परास्त भएको उनले बताए । गुरुङ्गले ओली पक्षमा लागेकाहरु सच्चिएर आए पार्टीमा स्थान दिन सकिने बताए ।

तानाशाही ओली परास्त भएको र जनताको जित भएकाले बिजय उत्सवमा सहभागिता जनाउनको लागि गुरुङले आग्रह समेत गरे । कार्यक्रम जिल्ला सचिव निर्मल जिसीको संचालनमा भएको थियो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : २४ बजे

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले