भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर-२ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई पार्टीले आधिकारिक रूपमा समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले राप्रपाले केन्द्रदेखि जिल्ला तहसम्म कुनै पनि राजनीतिक दलसँग सहकार्य गर्ने वा समर्थन गर्ने निर्णय नगरेको बताएका छन् । पार्टीको आधिकारिक धारणा कसैलाई समर्थन गर्ने…