काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि बहस हुँदैछ । आज शेरबहादुर देउवासहित १४६ जना रिट निवेदका तर्फबाट हुने बहस सकिँदैछ । पहिलो चरणमा बहसका लागि कुल १२ घण्टाको समय पाएको रिट निवेदकको २ घण्टा ३५ मिनेट समय बाँकी छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल लगायतले बहस गर्दैछन् ।…