दैलेख । कमजोर शारीरिक अवस्था । अस्पष्ट बोली । माथिल्लो ओठ जन्मजात फाटेको । दैलेख गुराँस गाउँपालिका-३ का वीरबहादुर बुढाको शारीरिक अवस्था हो यो । यही शारीरिक अवस्थाका कारण उनका बाबुआमा छोराको भविष्यप्रति चिन्तित थिए । छोराको कमजोर शारीरिक अवस्थाका कारण बाबुआमा वीरबहादुरलाई पढाउन राजी पनि थिएनन् । कमजोर अवस्थाको छोराले पढेर के नै गर्छ…