१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाजुरामा सुख्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा



बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ। पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ ।

पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयबासीले बताएका छन । गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा पहिरो खस्न थालेको हो ।

गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । उनका अनुसार जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टि रहेको भिरमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरासँगै गाउँपालिका केन्द्रमा समेत जोखिम बढेको छ । कर्णाली नदीमा ढुङ्गा, माटो जम्मा हुने थालेको छ ।

लगातार दुई दिनदेखि पहिरो आउने क्रम जारी रहेकाले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको छ । पहिरोका कारण रूणी गाउँका एक सय ५० परिवार उच्च जोखिममा रहेको स्थानीयवासी नन्दबहादुर खत्रीले बताए ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टिबाट लगातार पहिरो बगेका कारण कर्णाली नदी थुनिएमा गाउँपालिकाको कार्यालय र सोही क्षेत्रमा रहेको प्रहरी चौकीसमेत जोखिममा रहने गाउँपालिकाका रोजगार संयोजक जोशीले बताए ।

उनका अनुसार सुक्खा पहिरो बग्दा ठूला ढुङ्गा आउने गरेकाले सोही ढुङ्गाले नदी थुनिने जोखिम बढेको छ । पहिरो खतरा नै भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : २४ बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न