२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिँदै

विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्ने वातावरण बनाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको हो । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्ने तयारी गरिएको एमाले स्रोतले जनाएको…