काठमाडौं । नेपाली काँग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सङ्गठन विभागको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको हो । यसैगरी बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’…