१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

जसपा विवाद : महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको अधिकारिकताबारे निर्वाचन आयोगका निर्णय रोक्न महन्थ ठाकुर पक्षले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यससँगै आयोगमा दर्ता रहेको जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्ट गरेर आधिकारिकताबारे फैसला गर्न आयोगलाई बाटो खुलेको छ ।

सर्वोच्चका न्यायाधीस कुमार रेग्मीको एकल इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उपेन्द्र यादवको पक्षमा आयोगले फैसला सुनाउने लगभग निश्चित जस्तै भएको छ ।

जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । दल दर्ताको समयमा रहेको दर्ता किताबमा रहेका कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेर आयोगले भोलि सोमबार जसपाको अधिकारिकता विवादबारे फैसला गर्दैछ । आयोगले हेड काउन्ट गर्नका लागि कार्यकारिणी समितिका सदस्यहरुलाई सक्कल नागरिकतासहित आफै उपस्थित भै सनाखत गर्न निर्देशन दिएको छ ।

आयोगको यस निर्णय विरुद्ध ठाकुर पक्षले आफुहरुलाई अन्याय भएको दाबी गर्दै निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेको थियो ।

अन्तरिम आदेश नपाएसँगै ठाकुर पक्षले आधिकारिकता पाउने सम्भावना लगभग समाप्त भएको छ । जसपाको कार्यकारिणी समितिमा यादव पक्षको प्रष्ट बहुमत रहेको छ । यसैगरी संसदीय दलमा समेत यादव पक्षकै बहुमत पुगेको छ । निर्वाचन आयोगको इजलास समक्ष सनाखत गर्दा केन्द्रीय कार्यकारिणी सदस्यहरु जता बढी हुन्छन् आयोगले सोही पक्षलाई पार्टीको आधिकारिता दिनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : २८ बजे

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको