तानसेन । पाल्पा र दाङमा जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो…