२ कार्तिक २०८३, सोमबार | October 19, 2026

पार्टी एकता जोगाउन एमालेका सांसदहरुले विघटित कार्यदलसँग छलफल गर्दै



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षका सांसदहरुले विघटित कार्यदलका सदस्यहरुसँग छलफल गर्दैछन् ।

पार्टीभित्रको विवाद समाधान गर्न १० बुँदे सहमति गरेका कार्यदलका सदस्यहरुसँग दुवै पक्षभित्र रहेका एकताको पक्षधर सांसदहरुले छलफल गर्न लागेका हुन् ।

पछिल्लो केही दिन यता सक्रिय बनेका दुवैतिका केही सांसदहरुले यो पहल गरेका हुन् । पार्टीलाई विभाजन हुनबाट रोक्न र एकता कायम गर्न सांसदहरुले पार्टी एकता दबाब समूह नै बनाएका छन् ।

सिंहदरबारमा दिउँसो हुने छलफलमा विघटित कार्यदलका १० जना नेताहरुलाई राखेर १० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गर्न लागेको सांसद यज्ञराज सुनुवारले बताएका छन् । सुनुवारले एकता जोगाउन जोगाउन आफुहरुले अभियान जारी राख्ने बताए ।

यो अभियानमा अध्यक्ष ओलीको तर्फबाट ओली पक्षका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी रहेका छन् । यस्तै माधव नेपाल पक्षबाट झपट रावल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, जयकुमार राई लगायका सांसद रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ३४ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३