१२ बैशाख २०८१, बुधबार | April 24, 2024

निर्मला पन्तको हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ताले गराए प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् ।

प्रवक्ता शर्माले पन्तको हत्याबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराउँदै हत्यारालाई कारवाहीको दायरामा ल्याउने दायित्व निभाउन आग्रह गरेका छन् ।

शर्माले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ‘प्रतिपक्षमा छँदा हामीसँग प्रश्न थिए अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’ शर्माले भनेका छन्।

तीनवर्ष अघि पन्तको हत्या हुँदा कांग्रेस प्रतिपक्षमा थियो । शर्माले निर्मलालाई न्यायसँगै कसैले पनि यस्तो नियति भोग्न नपरोस् भन्दै विशेष तदारूकता बढाउन आग्रह गरेका छन् । उनले बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले ब्यहोर्दै आएकोमा त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै सामाजिक रूपान्तरणको साझा अठोट चाहिने बताएका छन् ।

२०७५ साउन १० गते भएको हत्याकाण्डबारे प्रहरीले अनेकौं अनुसन्धान गरेपनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ०१ बजे

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा