काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदबहाली गरेका छन् । शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदबहाली गरेका हुन् । गत २६ कात्तिक देखि कायम मुकायम ९कामु० कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत २६ माघको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो…