१३ मंसिर २०८०, बुधबार | November 29, 2023

भारतमा कोरोना खोप लगाएका थप ३ जनाको मृत्यु



एजेन्सी । भारतको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका थप ३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको जानकारी अनुसार पछिल्लो पटक थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु मध्य प्रदेश, राजस्थान र हरियाणा का ३५, ३८ र ५८ उमेरका हुन् । उनीहरुले करिब ८-९ दिन अगाडि कोरोना खोप लगाएका थिए ।

यसअघि भारतमा कोरोना खोप लगाएका २४ जनाले ज्यान गुमाएका थिए। यो सँगै कोरोनाविरुद्धको खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको रिपोर्ट अनुसार २५ जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । उनीहरुको मृत्युको फरक–फरक कारण देखिएको छ । दुई जनाको रिपोर्ट आउन बाँकी छ ।

उनीहरुको मृत्यु हुनुको कारण खोप लगाउनु नभई अन्य रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ५८ बजे

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२

पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

नयाँदिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको