सर्लाही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ । बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड-बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज…