पोखरा । कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका-५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे । सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो । एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्यो । सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन…