काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै प्रचण्डले विश्वासको मत प्राप्त नहुने र राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन…