काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास घटनामा संलग्नलाई कारवाही गरी मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा महोत्तरीको बर्दिवास नगरपालिकाकी छ वर्षीया बालिका गुलाब साह खातुनको हत्याका दोषीलाई कानूनबमोजिम कारवाही गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा उक्त घटनामा…