१७ बैशाख २०८२, बुधबार | April 30, 2025

२४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु, १९४८ संक्रमित थपिए; ३१४० जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिनमा यति धेरै मृत्यु भएको यो नै पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १ हजार ९४८ जना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २८ मा पुगेको हो ।

देशभरका विभिन्न प्रयोगशालामा पीसीआर परीक्षण गर्ने क्रम निरन्तर घट्दै जाँदा संक्रमितको संख्या घटेपछि मृत्युदर बढ्दै जाँदा चिन्ता थपिएको छ ।

हालसम्म कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

देशभर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।

बुधबार ३ हजार १४० जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : २३ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने