काठमाडौं । संसदीय समितिले अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा कोभिड–१९को बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भएको थियो । छलफल पछि समितिले अस्पतालहरुमा अक्सिजन र आई.सि.यू.को अभावमा विरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आईसीयूको…