७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

महामारीका नयाँ भेरिएन्टको पूर्वतयारी गर्दै बुटवल उपमहानगर



बुटवल । कोभिड-१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ ।

स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको हो ।

बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरि पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् ।

बालबालिका र प्रसुतीका वेड थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रवन्ध मिलाउने विषयलाई पूर्वतयारीको प्राथिमकतामा राखिएको उनले बताए । हाल अस्पतालमा कोभिड विशेषका लागि मात्रै पाँच वटा आइसीयूसहितका बेड सञ्चालनमा छन् ।

सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा.राजेन्द्रप्रसाद बस्यालले बताए । अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन सुरु गरिएको उनले बताए ।

उनले उपमहानगरबाट ५० लाख बारबरको स्रोत सुनिश्चित गर्नेगरि ३० लाख प्राप्त भइसकेको र अस्पालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए ।

वि.सं. २०५५ साल कात्तिकमा स्थापना भएको उक्त अस्पतालमा हाल एक सय ५० बेड रहेका छन् । विभिन्न विषयका एक सय ८१ जना जनक्तिले अस्पतालमा सेवा दिइरहेका छन् । यसलाई विस्तार गर्दै बाल र प्रसुतीको विशिष्टिकृत सिटी अस्पतालका रुपमा विकास गर्ने भन्दै उपमहानगरले नीति तथा कार्यक्रमसमेत बनाएको छ ।

केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा उक्त अस्पताललाई बाल तथा प्रसुतीको विशिष्ट अस्पताल बनाउन लागिएको हो । महामारीका गएका लहरबाट पाठ सिक्दै आउने लहरको सामनाका लागि उपकरणको प्रवन्ध मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न र समन्वयका कामलाई यथाशीघ्र सञ्चालन गर्न बालरोग विशेषज्ञहरुले उपमहानगरलाई सुझाव दिएका थिए ।

उपमहानगरले हालै यसक्षेत्रका बालरोग विशेषज्ञहरु, सरुवा रोगका विषयका जानकार, स्वास्थ्य संस्था सञ्चालन तथा विभिन्न विषयका विज्ञहरुसंग विशेष छलफल गरेको थियो । कोभिड-१९ को महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विज्ञहरुसंग परामर्श गरिएको र सोही आधारमा आम्दा अस्पताललाई प्राथमिकतामा राखिएको हो ।

विज्ञहरुले जनशक्ति थप गर्न, उपकरणको प्रवन्ध मिलाउन र आपतकालिन अवस्थामा समन्वय गर्ने विशेष संयन्त्र निर्माण गर्न सुझाव दिइएको बालरोग विशेषज्ञ डाक्टर राजु काफ्लेले जानकारी दिए । उनले बाल र मातृ सुरक्षाका विषयमा बुटवलले देखाएको तदारुकता उदाहरणीय रहेको बताए ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ४ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल