१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमालेको नेपाल पक्षले बनायो विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति



काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले विपद् विज्ञ डा. गंगालाल तुलाधरको संयोजकत्वमा विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको छ।

नेपाल पक्षको आज बसेको स्थायी कमिटी बैठकले विपद विज्ञ समेत रहेका नेता डा. गंगालाल तुलाधरणको संयोजकत्वमा विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको हो।

बैठकमा सहभागी एक नेताका अनुसार समितिमा जनवर्गीय संगठनका अध्यक्ष, महासचिव र पार्टीका प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ । तुलाधर एमालेको विपद् व्यवस्थापन विभाग प्रमुख पनि हुन् ।

बैठकपछि १४ जना स्थायी कमिटी सदस्यहरुको नामसहित माधवकुमार नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरिएको छ । उनीहरुले निष्पक्ष र पारदर्शीरूपमा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बैठकले उपचाररत वरिष्ठ नेता झलनाथ खनाल र रघुजी पन्तको स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ३ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम