काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १७२* जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४४९ पीसीआर परीक्षणमा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए…