५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘फोर जी’ चलाउनुअघि ख्याल गर्नुहोस तपाईंसँग कस्तो मोवाइल सेट छ !



काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवा अविच्छिन्न फोर जी सेवा लिनका लागि ८ सय र १८ सय मेघाहर्ज व्याण्डमा चल्ने मोवाइल सेट लिन ग्राहकहरुलाई सुझाव दिएको छ ।

मोबाइल सेटको कारणले गुणस्तरमा फरक पर्ने हुनाले ग्राहकहरुले फोरजी मोबाइल सेटको प्रयोग सम्बन्धमा थप जानकारी राख्नुपर्ने टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध केही मोवाइल सेटले ८ र १८ सय मेघाहर्ज व्याण्डमा नचल्ने भएको जनाउँदै ती सेटबाट फोर जी सेवा प्रवाह राम्रो हुननसक्ने टेलिकमले स्पष्ट पारेको हो ।

पर्याप्त जानकारीको अभावमा फोर जी सेवा संचालनमा समस्या आएपछि कम्पनीको फोरजी सेवाकै गुणस्तर राम्रो नभएको भन्ने भ्रम ग्राहकलाई हुने गरेको पाइएको भन्दै टेलिकमले नयाँ मोबाइल सेट खरिद गर्नु अघि १८०० मेगाहर्ज र ८०० मेगाहर्ज व्याण्डका बारेमा जानकारी राख्न अनुरोध गरेको छ । दुवै व्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्नुहुन तथा प्रविधिको विकासले ल्याएका अवसरहरुको उचित प्रयोग गर्नु हुन टेलिकमले आग्रह गरेको छ ।

फोरजी सेवाका लागि आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण (Specification) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सक्ने पनि टेलिकमले जनाएको छ । साथै मोबाइल सेटको Setting मा गई मोबाइल नेटवर्कको Option भित्र 2G Only/3G Only/3G-2G (Auto Connect)/LTE-3G-2G (Auto Connect) जस्ता विकल्पहरुमध्ये LTE-3G-2G (Auto Connect) Option छनौट गर्नु उपयुक्त हुने टेलिकमले सुझाव दिएको छ ।

हाल मुलुकका ७७ वटै जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्ने टेलिकमले स्पष्ट पारेको छ ।

हाल नेपाल टेलिकमको फोरजी सेवा १८०० मेगाहर्ज (व्याण्ड ३) र ८०० मेगाहर्ज (व्याण्ड २०) मा उपलब्ध छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको टेलिकमले जनाएको छ । यसको अर्थ, फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा व्याण्डको फैलावट क्षेत्रबाट अर्को व्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै व्याण्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : २५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं