काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा कुशलतापूर्वक कार्यकाल पुरा गरेका कुलमान घिसिङलाई प्राधिकरणले औपचारिक विदाई गरेको छ । मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी कर्मचारीहरुले घिसिङलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताए । पौडेलले आगामी १५…