काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधको नाममा विकासलाई अवरुद्ध पार्न खोजिएको बताएका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासको कामलाई तीब्रता दिए पनि केही मान्छेहरुले विरोध मात्रै गरेको बताएका हुन् । ओलीले देश र जनताप्रति जिम्मेबारीबोध नभएकाहरुले विकासको विरोध गरिरहेको आरोप लगाए ।…