७ आश्विन २०८३, बुधबार | September 23, 2026

दाङका थप एक कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु



नेपालगञ्ज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान कोहलपुरमा मृत्यु भएको हो ।

तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६ दाङका ५६ वर्षीय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहिबार बिहान २ः२० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाको आशंकामा कात्तिक २४ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २५ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपस्चात उनी २६ गतेसम्म होम आइसोलेसनमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई २७ गते बिहान ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिफ्ल्यु, एन्टिबायोटिक्स, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान २ः२० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४१ पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ ।

जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज