काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका मुलुकका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन । आइतबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी…