८ बैशाख २०८१, शनिबार | April 20, 2024

लक्ष्मीपूजाको दिन थपिए १९४६ नयाँ संक्रमित, २५०३ जनाले तिहार मनाउन पाउने



काठमाडौं । तिहारको विशषे दिन लक्ष्मी पूजा । तर, यो विशेष दिनमा पनि कोरोना भाइरसका सयौं संक्रमित थपिएका छन् ।

शनिबार १ हजार ९४६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार ३६ हजार ४५२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । यी मध्ये अधिकांशको तिहार आइसोलेसनमै वित्ने भएको छ ।

मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार शनिबार थपिएका सहित हालसम्म नेपालमा २ लाख ८ हजार २९९ जनामा संक्रमण भएको छ ।

शनिबार २ हजार ५०३ जना संक्रमित संक्रमण मुक्त हुन सफल भएका छन् । यससँगै हालसम्म देशभर १ लाख ७० हजार ६३२ जना संक्रमित निको भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म १ हजार २१५ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : २२ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको