नेपालगन्ज । बाँकेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएसँगै अस्पतालले २२०० शुल्क लिएर कोरोना परीक्षण गरिदिने निर्णय गरेको छ । भेरी अस्पतालमा संचालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड(१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर परीक्षण गराउने स्वीकृति पाएसँगै अस्पतालले शुल्क निर्धारण गरेको हो…