२८ आश्विन २०८३, बुधबार | October 14, 2026

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत ३ जना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्तालमा साढे २ घण्टाकाबीच ३ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत दाङ, कपिलवस्तु र रुपन्देहीका ३ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख १७ गते विशेष अस्पताल भर्ना भएका बनगाई कपिलवस्तुका ४३ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको छ भने बैशाख १८ गते अस्पताल भर्ना भएका दाङ तुलसिपुर(छकी ३७ वर्षिया महिलाको आईतबार १०ः०७ बजे मृत्यु भएको छ । त्यसैगरि बैशाख २३ गते अस्पताल भर्ना भएका तिलोत्तमा २ का ५६ वर्षिय पुरुषको पनि आईतबार राती ९ः५० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

अस्पतालमा अहिले पनि १० बढी गम्भिर अवस्थाका संक्रमितहरु रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पताल सहित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनीक, इमर्जेन्सी वार्ड सहित इमर्जेन्सीको खाली स्थानमा समेत संक्रमितहरुको उपचार भईरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ०६ बजे

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी