१५ पुस २०८२, मंगलबार | December 30, 2025

‘द्रूतमार्ग निर्माणमा हालसम्मको सेनाको काम प्रभावकारी’

काठमाडौं । रक्षा मन्त्रालयले कतिपय जटिलताका बीच नेपाली सेनाबाट काठमाडौं तराई/मधेश द्रूतमार्ग निर्माणमा हालसम्म भएका कार्य प्रभावकारी रहेको जनाएको छ । उक्त राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनका क्रममा ललितपुरको खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरण, अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट प्रक्रियामा रहेका जटिलता र कोभिड–१९ का कारण निर्माणस्थलमा निर्माण सामग्री एवं श्रमिकको उपलब्धतामा आएको कमीबारे छलफल भए पनि मन्त्रालय…