काठमाडौं । प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नायव प्रहरी महानिरिक्षक (डीआइजी)लाई कोरोना संक्रमण पुष्टि भएको छ । मातहतका प्रहरीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गराउँदा एक डीआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर रिपोर्टमा संक्रमण देखिएपनि उनलाई संक्रमणको कुनै लक्षण नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था अवस्था सामान्य छ ।…