काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा शैक्षिक सहकार्य र भविष्यका साझेदारीमा जोड दिइएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सहभागी नीति निर्माता, कूटनीतिज्ञ तथा विज्ञहरूले द्विपक्षीय सम्बन्धको दीर्घ इतिहासको समीक्षा तथा भविष्यका सहकार्यका सम्भावनाहरूबारे छलफल भएको हो । ‘उपलब्धिहरू, समसामयिक दृष्टिकोण र भावी सहकार्य’ शीर्षकमा…