बैतडी । बैतडीको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सीसीटीभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । उनले भने, “बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सीसीटीभी क्यामेराबाट थाहा भइरहेको हुन्छ…