८ बैशाख २०८१, शनिबार | April 20, 2024

कांग्रेस नेता जोशीको मस्तिष्कको अपरेशन सम्पन्न



काठमाडौँ । मस्तिष्कघात भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अपरेशन गरिएको छ ।

मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गरिरहेका जोशीलाई आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।

न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोलीले अपरेशन गरेको हो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको झाले बताए । मस्तिष्कको अति संवेदनशील भागमा जमेको रगतलाई शल्यक्रिया गरेर पनि निकाल्न नसक्ने चिकित्सकले बताएका छन् ।

डा. झाका अनुसार जोशीको सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ । यो निकै जटिल अवस्था हो । यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुने चिकित्सकले बताएका छन् ।

जोशीलाई बिहीबार रातिदेखि शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएको थियो । त्यसपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान उनलाई नर्भिकमा सारिएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल