२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

ओली नेकपाले मुख्य सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराईले पाए नियुक्ति



काठमाडौं । ओली पक्षीय नेकपा नजिकका सांसदहरुको बैठकले नेकपा संसदीय दलको मुख्यसचेतकबाट देव गुरुङलाई हटाएको छ ।

काठमाडौंको याक एण्ड यती होटलमा शुक्रबार बसेको ओली निकट सांसदहरुको बैठकले संसदीय दलको मुख्यसचेतकमा गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको छ । भट्टराई खोटाङबाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री एवं ओली नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको नियुक्तिपत्र बुझाएका छन् ।

गुरुङलाई संसदीय दलको मुख्यसचेतकबाट हटाएको चिठी ओली पक्षले नेकपा संसदीय दलको कार्यायलस्थित गुरुङको सचिवालयमा छोडेर गएको छ ।

नेकपाको विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था रहे पनि नेकपाका बुहमत सांसदहरुले ओलीलाई संसदीय दलको नेताबाट यसअघि नै हटाइसकेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै प्रचण्ड–नेपाल पक्षले दलको अलग्गै बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेका थियो ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र संसद सचिवालयमा दर्ता भैसकेको छ । कानुनी रुपमा पार्टी नफुटे पनि व्यवहारिक रुपमा पार्टी फुटिसकेका कारण ओलीले मुख्यसचेतकबाट गुरुङलाई गरेको कारवाहीले अर्थ राख्ने देखिँदैन ।

संघीय संसदका दुवै सदनमा नेकपाका २२३ सांसद रहेका छन् । प्रतिनिधिसभामा ओली विरुद्ध ९० जना सांसदको हस्ताक्षरसहित प्रचण्ड माधव निकट सांसदहरुले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ३ : ४२ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु