बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ७ को क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । सदरमुकाम स्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मजदुरीका लागि अछाम गएका उनी लगाएत १६ जना मंगलबार साँझ ६ दिन पैदल हिँडेर बर्दिया आएका थिए । गुलरिया नगरपालिका–९ गोडियनपुर बस्ने उनी मंगलबार…