बुटवल । अस्पतालको आईसोलेसन कक्षमा नै छमछमी नाचेर चर्चा कमाएका रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा कोरोना भाइरस मुक्त भएकाछन् । उनलाई आजै सांझ डिस्चार्ज गर्ने तयारी गरिएको छ । गएको शुक्रवार र सोमबारको दुबै रिर्पोट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो । वैशाख ५ गते…