काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। उनले संघीय संसदको दुवै सदनबाट पारित भएको ५ विधेयक सोमवार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकण गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष…