धरान । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना युवाको कोरोना पुष्टि भएकै अर्को दिन मृत्यु भएको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा उपचाररत २२ वर्षे युवाको आईतबार कोरोना पुष्टि भएको र सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सिराहको मलाहाना गाउँपालिका वडा २ गोविन्दपुरका ती युवामा आइतवार कोरोना संक्रमण पुष्टि भएको थियो।…