१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोनाबाट संचारकर्मीहरु संक्रमित बन्दै, घरैबाट काम गर्ने वातावरण बनाउन पत्रकार महासंघको आग्रह



काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग आग्रह गरेको हो ।

महासंघले संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेको बताउँदै महासंघले फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरापर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।’

महामारीको समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मीहरुमा अपिल पनि गरेको छ ।

महामारीको जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको बताउँदै महासंघले सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यस्तै, कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न पनि महासंघ आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ५० बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो