कोरोना भाइरसको भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त गरेकोमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई बधाई दिएको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका आपतकालिन कार्यक्रम निर्देशक डा. माइक रेयानले अक्सफोर्डका कोरोना भ्याक्सिन निर्माणमा संलग्न वैज्ञानिकहरुलाई बधाई दिएका हुन् । डब्लुएचओले अक्सफोर्डको नतिजालाई स्वागत गर्दै कोरोनाको फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न जरुरी…