५ पुस २०८२, शनिबार | December 20, 2025

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका-१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।