काठमाडौं । भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल नखोलिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानल माथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम…