सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँमा अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र-१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र-४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र-५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ ।…